काठमाडौँ- नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले संविधान संशोधनलाई तत्काल अगाडि बढाउनुपर्ने बताएका छन् । प्रेस युनियन नेपाल बागलुङ शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले वर्तमान सत्ता गठबन्धन हुँदा सात बुँदै सहमतिमा संविधान संशोधन गर्ने उल्लेख गरेको बताउँदै त्यो प्रक्रिया तत्काल थालनी हुनुपर्ने बताएका हुन् । ‘‘सात बुँदै सहमतिमा संविधान संशोधन गर्ने…