काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सरकारले निजी क्षेत्रलाई लगानीको वातावरण बनाइदिनुपर्नेमा जोड दिए। मुलुकमा आर्थिक गतिविधि अगाडि बढाउन सरकारले दोस्रो आर्थिक सुधारको काम सुरु गर्नुपर्ने सांसद डा.महतले खाँचो औँल्याए। सांसद डा महतले आर्थिक मन्दीलाई समाप्त गरी अर्थतन्त्रलाई चलायमान…