रुबियोले फेब्रुअरीको मध्यमा इजरायल, अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीको पृष्ठभूमिमा यस महिना मध्यपूर्वको आफ्नो पहिलो भ्रमण गर्ने विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बिहीबार बताएका छन् । रुबियोले म्युनिख सुरक्षा सम्मेलनमा भाग लिने र त्यसपछि फेब्रुअरी १३–१८ सम्म इजरायल, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरबको भ्रमण गर्ने अधिकारीले बताए ।…