काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको हो। गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि…