काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले सीपमूलक तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेपछि युवाको आकर्षण बढ्न थालेको छ । नगरले वैदेशिक रोजगारयोग्य सीपमूलक तालिम एवं स्वरोजगारसहित उद्यमी बनाउन थालेपछि स्थानीयको आकर्षण बढ्न थालेको हो । नगरले युवालगायत परिषद्मार्फत नियमित रूपमा विभिन्न तालिम प्रदान गर्दै आएको छ । हालसम्म एक हजार ८४० लाई सीपमूलक तालिम, ८०० लाई स्वरोजगार…