कांग्रेस महाधिवेशनः सभापति थापाद्वारा प्रस्तुतिसहित चार वटा प्रतिवेदन पारित हुँदै

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिन बन्दसत्र सम्पन्न हुँदैछ । बन्दसत्रमा सहभागी महाधिवेशन प्रतिनिधिले सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारासम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ ।…