विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको बताएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको मुख्य टनेलको आज (शुक्रबार) ब्रेक थ्रुपछि बोल्दै उनले यस्तो बताएका हुन् ।  उपप्रधानमन्त्री सिंहले सो क्षेत्रमा हुने सवारी यात्रा सुरक्षित र सहज हुने विश्वास व्यक्त गरे…