काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनको क्षेत्रमा नागरिक एपले ठूलो योगदान गरेको बताएका छन् । प्रतिनिधि सभाको हिउँदै अधिवेशनअन्तर्गत पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नागरिक एपबाट नागरिकले सरकारी सेवा सहज रूपमा लिन पाएको बताएका हुन् । नागरिक एपले ५० भन्दा बढी सेवा दिएको भन्दै उनले सुरु गरेको केही दिनमै यो नेपालमा सबैभन्दा बढी डाउनलोड…