काठमाडाैँ । आफ्नै सहकर्मीसँग कार्यालयमै 'मायापिरती' काे भिडियाे बाहिरिएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बाह्रदशी गाउँपालिकाले फिर्ता गरेकाे छ । इलामकाे माईजाेगमाई गाउँपालिकामा प्रशासकीय अधिकृत हुँदा लेखापालसँगकाे अनैतिक क्रियाकलाप गरेकाे भिडियाे बाहिरिएकाे थियाे । साे भिडियाे बाहिरिनुअघि नै सरुवा भएर झापाकाे बाह्रदशी गाउँपालिका गएका राईलाई भिडियाे बाहिरिएसँगै गत शनिबार बसेकाे कार्यपालिकाकाे बैठकबाटै निर्णय गराई फिर्ता गरिएकाे हाे ।…