भारत- यमुना र गंगा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुसी भक्तजनको मुहारमा प्रष्ट देखिन्छ । टाढा टाढाबाट आएका उनीहरूको शरीर थकित भए पनि यहाँ आई पुग्दाको खुसी उनीहरूको मुहारमा झल्किन्थ्यो । एक सय ४४ वर्षपछि भएको महाकुम्भमा पुण्य प्राप्त गर्न आएका लाखौँ भक्त नदीको एक किनारमा बनाइएका स्नान स्थलमा भगवानको नाम जप्दै डुबुल्की मारिरहेका भेटिन्छन्…