शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

काठमाडौँ । मानव बेचबिखन विरुद्धकी अभियन्ता, शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन भएको छ। आज बिहान जोरपाटीस्थित निवासमा उनी सुतेकै स्थानमा मृत फेला परेकी हुन्। उनका श्रीमानले  बिहान उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए। सोही क्रममा उनलाई नेपाल मेडिकल कलेज जोरपाटी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्युको कारण खुल्न भने बाँकी छ