आज काठमाडौँका यी स्थानमा एकदेखि पाँच घण्टासम्म विद्युत् अवरुद्ध हुने

काठमाडौँ । आज काठमाडौँको विभिन्न स्थानमा बिहान र दिउँसो विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुइटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत् अवरुद्ध हुने भएको हो। बलम्बु वितरणको केन्द्रको मातातीर्थ फिडर अन्तर्गत पर्ने मातातीर्थ क्षेत्रमा बिहान ११ बजेदेखि १२ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले…