पाकिस्तानमा भएको आक्रमणमा ८ सैनिकको मृत्यु, ७ प्रहरी अपहरण

पाकिस्तान- उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु भएको छ भने सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मंगलबार जनाएको छ । खैबर-पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा ‘आठ सैनिक’ र ‘नौ आतंकवादी’मारिएको एकजना गुप्तचर अधिकारीले नाम न छाप्ने सर्तमा बताएका छन् । पाकिस्तानी तालिबान (टिटिपी)ले यस घटनाको जिम्मेवारी लिएको…