काठमाडौं - उडान अनुमति नलिई काठमाडौँ आउँदा कारबाहीमा परेको थाइ एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति फुकुवा गरेको छ । यही कात्तिक ११ गते (आइतबार) अनुमति बिना बैंककबाट काठमाडौँ आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।…