गौशालाको अतिक्रमित संरचनामा चल्यो महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गौशालामा अतिक्रमित संरचनामाथि डोजर चलाएको छ । आज दिउँसो डोजरसहित पुगेको नगर प्रहरी बलले चक्रपथ सडक सीमाभित्र बनाइएको संरचनाहरूमा डोजर चलाएको हो । यसअघि पनि उक्त क्षेत्रमा नगर प्रहरीले डोजर चलाएको थियो । तर स्थानीयहरूले अटेर गरेर अतिक्रमित गरी बनाइएका घर टहरामा पसल, टिकट काउण्टर चलाउँदै आएको थियो ।…