अनियमितता मुद्दामा भेरीगंगाका प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनालाई सफाइ

सुर्खेतको भेरीगंगा नगरपालिकामा अनियमितता आरोपमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनालाई विशेष अदालतले सफाइ दिएको छ। आइतबार, विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनीहरूलाई सफाइको निर्णय सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७६/७७ मा भेरी नदी र गोछेखोलामा नदीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री वितरणमा…