जहाजमार्फत रवि लामिछानेलाई बुटवल लगिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (शनिबार) बिहान बुटवल लगिँदैछ। सहकारी ठगी अभियोगमा गएराति आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई आज बिहान जहाजमार्फत् भैरहवा हुँदै रुपन्देहीको बुटवल लैजान लागिएको हो। लामिछानेलाई गएराति काठमाडौँ प्रहरीकै हिरासतमा राखिएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार उनलाई एक लाख धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै…