परराष्ट्र मन्त्रालयले दोहोर्‍यायो – लिपुलेक समस्या समाधान गर्न प्रतिबद्ध छौं

काठमाडौं । परराष्ट्र मन्त्रालयले लिपुलेक क्षेत्रको सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको दोहोर्‍याएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेक क्षेत्रको सीमा समस्याबारे नेपाल प्रष्ट रहेको र यससम्बन्धी धारणा सार्वजनिक गरिसकेको बताएका हुन् । ‘नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन हुने भनिएको…