काठमाडौं । नक्कली रक्सी बनाएको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। स्वदेशी तथा विदेशी विभिन्न ब्राण्डका रक्सीका नाममा नक्कली रक्सी बजारमा पठाउने गरेको गुनासा र गोप्य सूचना प्राप्त भएपछि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। कार्यालयका डिएसपी अनिल घिमिरेको नेतृत्वमा यस…