अब हुने छैन पर्यटकीय क्षेत्र गुफा पाेखरीमा खानेपानी अभाव

खाँदबारी । पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। करिब तीन करोड रूपैयाँ लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका-१ मा रहेको यो आयोजनाको काम आर्थिक वर्ष २०७७/७८ बाट निर्माण थालिएको हो। योजना निर्माणको कामलाई…