मुख्यमन्त्री लामामाथिको अविश्वास प्रस्तावको छिनोफानो आज

हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मंगलबारबाट प्रक्रिया अगाडि बढ्ने भएको छ। कांग्रेस संसदीय दलका सचिव तथा सांसद कृष्ण तामाङले आज बिहान १० बजेबाट अविश्वास प्रस्तावमाथिको प्रक्रिया सुरु हुने जानकारी दिए। गत ९ साउनमा हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको दलको कार्यालयमा २१ जना सांसदले…