गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीलाई बुधबार मध्याह्न सपथ ग्रहण गराएका हुन्।गण्डकीमा नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सरकार छ। मुख्यमन्त्री एवं कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारीबीच मन्त्रिपरिषद हेरफेर गर्ने सहमति भएसँगै आज…