पर्याप्त तयारीबिना बजेट प्रस्ताव गर्नाले अर्थतन्त्र सुधार भएन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारी क्षेत्रमा नियामक निकाय बन्न सकेमात्र यस क्षेत्रको समस्या समाधान हुने दाबी गरेका छन्। ललितपुरको गोदावरीमा पार्टीको जारी महासमिति बैठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै उनले नियामक निकाय ‘सेकेण्ड टाइयर इन्स्टिच्युसन’ गठन प्रक्रिया अघि बढिसकेको जानकारी दिए। उनले सहकारी क्षेत्रमा…