भदौ १० गते हेटौंडा–१० स्थित रत्ना होटलमा एलिशा न्यौपाने मृत भेटिइन्। २३ वर्षकी युवती होटलको कोठामा मृत भेटिएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भए। परपुरुषसँग होटलको कोठासम्म पुग्ने केटीलाई यस्तै हुनपर्छ, भन्नेसम्मका अभिव्यक्तिहरूले सामाजिक सञ्जालको भित्ता भरियो। तर एलिशाको हत्या कोही परपुरुषले नभई उनकै श्रीमान्ले गरेको खुल्न आएको छ। हेटौंडा–१ भैरवडाँडा घर भएकी एलिशाकी आमा उनी…