सैलुङमा पहिरोले ३ घर बगायो, २ जनाको मृत्यु, ५ जना बेपत्ता

रामेछाप - रामेछापको सैलुङमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पहिरोले ३ घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्क पहरी गाउँमा गएराति पहिरो खस्दा कम्तीमा ३ घर बगाएको र घटनास्थलमा २ शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार गएराति…