समस्याग्रस्त घोषित सहकारीका सवारीसाधन लिलाम गर्ने सुरु भो प्रक्रिया

काठमाडौ । समस्याग्रस्त घोषित सहकारी संस्थाहरूका जग्गाजमिन लिलाम गर्दै आएको सरकारी समितिले अहिले तिनको स्वामित्वमा भएका सवारीसाधन लिलाम गर्ने प्रक्रिया अगाडि बढाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सोमवार एउटा सूचना निकाल्दै खरिदका लागि सिलबन्द निवेदन पेस गर्न आह्वान गरेको हो। समितिका सदस्यसचिव केशवप्रसाद पौडेलका अनुसार जफत…