हेटोडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन्। बिहीबार साँझ काठमाडौँमा आफ्नो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटपछि उनी राजीनामा दिने निर्णयमा पुगेका हुन्। शुक्रबार आफू निकट सांसदहरूको सल्लाहमा मुख्यमन्त्री लामाले राजीनामा दिने निर्णय गरेको सांसद तीर्थ लामाले बिकासटाइम्सलाई जानकारी दिए। उनका अनुसार सभापति देउवाले बिहीबार साँझ आफ्नै निवास बालुवाटार…