कांग्रेसका वरिष्ठ नेता डा.कोइराला चीन भ्रमण छोट्याएर बुधबार नेपाल फर्किँदै

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले आफ्नो एक हप्ते चीन भ्रमण छोट्याएर भोलि (बुधबार) नेपाल फर्कने भएका छन्। नेपालमा विकसित पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उनले भ्रमण छोट्याउने निर्णय गरेका उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । चीनको सान्सी विश्वविद्यालयको निमन्त्रणामा सियान सहर पुगेका कोइराला 'बेल्ट एन्ड रोड-क्षेत्रीय सहकार्य, प्रशासन र…