सेयर बजार सामान्य अंकले बढ्याे, ७५ करोड रूपैयाँकाे काराेबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २.७१ अंकले उकालो लागेको हो । योसँगै सूचक १८८८.३२ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२३ अंकले बढेर सूचक ३५९.३७ विन्दुमा पुगेको छ। यसअघि आइतबार नेप्से परिसूचक १८.८० अंकले…