सीमामा उच्च सुरक्षा सतर्कता अपनाउन सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन 

काठमाडौ - सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सीमामा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। मंगलबार सातै प्रदेश र उपत्यकास्थित बाहिनी मुख्यालयका बाहिनीपति, शिक्षालयका समादेशक र सबै जिल्लाका गणपति तथा गुल्मपतिहरुलाई भर्चुअल माध्यमबाट सीमा सुरक्षा तथा विपद् उद्धारसँग सम्बन्धित समसामायिक विषयमा निर्देशन दिँदै उनले सीमा नाकाबाट आवतजावत गर्ने व्यक्तिहरुको चेकजाँच बढाउन भनेका हुन्। गैरकानुनी रुपमा…