झापा– महाभारतकालीन विराट राजाको सालो किचकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका– ३ स्थित किचकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्त्वविद् उद्धव आचार्यले जानकारी दिए । उनको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किचकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य…