काठमाडौ । १५ चैतको राजावादी आन्दोलनमा हत्या, आगजनीजस्ता विध्वंसात्मक गतिविधि भएपछि गणतन्त्र पक्षधर दलहरू पहिलोपटक एकजुट भएका छन् । उक्त गतिविधि गराउने मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको निष्कर्ष निकाल्दै हत्या र आगजनीमा संलग्न दोषीलाई कानुनी कारबाही गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री केपी ओलीको अह्वानमा प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आइतबार साँझ गणतन्त्रवादीहरूको सर्वदलीय बैठक बसेको हो ।…