काठमाडौँ - भारतको जम्मू कश्मीरको पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच फेरी तनाव बढ्ने संकेत देखिएको छ । भारतीय मिडियाहरुका अनुसार भारतले पाकिस्तानविरुद्ध सैन्य कारवाही गर्न सक्ने बताइएको छ । भारतले यसअघि बुधबार नै पाकिस्तानविरुद्ध कडा रवैया अपनाउदै भिसा रद्ध गर्ने, कुटनीतिक कर्मचारी घटाउनेदेखि १९६० देखिको सिन्धु जल सम्झौता निलम्बन गर्ने लगायतका निर्णय गरिसकेको छ ।…