बढ्यो आरोहण रोयल्टी, सगरमाथा चढ्न अब १५ हजार डलर

काठमाडौं । सरकारले हिमाल आरोहण रोयल्टी (दस्तुर) बढाएको छ । अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकबाट पर्वतारोहण नियमावली स्वीकृत भएको छ । जसले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ लाई प्रतिस्थापन गर्ने छ । पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीका अनुसार सोही नियमावलीले वसन्त ऋतु (चैत–वैशाख) मा ११ हजार अमेरिकी डलर रहेको सगरमाथा आरोहण रोयल्टी वृद्धि गरी १५…