वरिष्ठ अधिवक्ता त्रिपाठीले न्यायालयप्रति भ्रम र अनास्था फैलाउने काम गरेः न्यायाधीश समाज 

काठमाडौ - वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अभिव्यक्तिप्रति न्यायाधीश समाज, नेपालले खेद प्रकट गरेको छ। बहस गरेबमोजिमको परिणाम नआएको भन्ने आधारमा कानुन व्यवसायीको आचरणविपरीत उनले अभिव्यक्ति दिएको न्यायाधीश समाजको टिप्पणी छ। समाजले बिहीबार प्रेस विज्ञप्ति प्रकाशन गरी न्यायाधीशउपर उनले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको हो। समाजका महासचिव टेकनारायण कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट…