पोखरा-मुग्लिन आयोजना : पोखरा-जामुने खण्डमा २८ किमि कालोपत्र

गण्डकी- पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा-जामुने)खण्डमा हालसम्म २८.५२ किमि सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ । “तनहुँमा साढे दुई किमि कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ”, उनले भने, “आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।”…