काठमाडाैँ । प्रस्तावित ८२८ मेगावाटको उत्तरगंगा अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) नबन्दा आयोजना निर्माण अन्योलमा परेको छ । डिपिआर बनाउन छानिएको इरानी कम्पनी बाहिरिएसँगै डिपिआर निर्माण नै अन्योलमा परेको छ । यसअघि इरानी कम्पनी महाव घोड्स इन एसोसिएसनले डिपिआर निर्माणको जिम्मा पाएको थियो । तर, लामो समयसम्म डिपिआर निर्माणमा राम्रो काम नगरेपछि आयोजनाले…