बाढीले भजनी र कैलारीका बस्ति अस्तब्यस्त

धनगढी । बाढीले घर डुबानमा परेपछि विस्थापित भजनी नगरपालिका–८, सोनाफाँटाकी रेशमकला चौलागाईंको आठजनाको परिवार बस्तीनजिकको सामुदायिक भवनमा आश्रय लिएर बसेको छ । मोहना, कान्द्रा, काँढा र पथरैया नदीमा अझै बाढी घटेको छैन । बस्ती जलमग्न भएकाले घरमा बाढीले कति क्षति पुर्‍यायो भनेर हेर्नसमेत नपाएको चौलागाईंले बताइन् । ‘हाम्रो टोलका ३० परिवार विस्थापित भएका छौँ । बाढी नघटेकाले घरमा कति…