बेनी । म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौं वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका-५ मा अवस्थित गाजने गाउँमा सयौं वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन । सुन्दा अचम्म लागे पनि १५औं शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम (डिम्बबम) मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बङ्गुर…