काठमाडौं । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतकसँगै १८।५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी गर्दै…