प्रधानमन्त्रीलाई इजरायलमा रहेका विद्यार्थीको चिठ्ठी-‘अबको हाम्रो आशा र भरोसा तपाईं नै हो’

काठमाडौं । कृषि विज्ञान अध्ययनका लागि इजरायल पुगेका एक विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुला पत्र लेखेका छन्। बंगरभित्र बसिरहेका उनले आफ्नै देश फर्किन चाहेको भन्दै उद्धारका लागि पत्रमार्फत् अनुनय गरेका छन्। अहिले कादेश, बर्निया इजरायलमा रहेका सुरज भण्डारी नामका विद्यार्थीले पत्र लेखेका हुन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्यनयनरत कास्कीका उनले आफूहरुलाई देश फर्किने…