विकासका नाममा प्रकृति र सम्पदाकाे सत्यानाश

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपीपलका चौतारा तथा यात्रु प्रतीक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपीपलका रुख, चौतारा तथा यात्रु प्रतीक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी…