मुस्ताङमा हिमपहिरोले थुनिएको खोला बग्न थाल्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

म्याग्दी- धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिरोले थुनिएको मुस्ताङको बोक्सी खोलो बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा हिमपहिरोले थुनिएको बाक्सीखोलो तीन घण्टापछि बग्न थालेको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताए । ‘आज दिउँसो करिब १:३० बजेतिर खसेको पहिरो थुप्रिएर बोक्सी खोला थुनिँदा दुईतिहाइ पानीको मात्रा घटेको थियो,’ उनले भने, ‘दिउँसो ४:३० बजेपछि…