काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने नेपाली कांग्रेसले स्पष्ट अडान लिएको छ। बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उक्त प्रतिवेदनमाथि छलफल भएको थियो। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले भनिन्, “आयोगले औँल्याएका जुनसुकै व्यक्तिलाई पनि कानुनसम्मत कारबाही…