काठमाडौं– नेपाली कांग्रेसले जिल्ला कार्यसमितिहरूलाई क्रियाशील सदस्यतासम्बन्धी काम तत्काल सुचारु गर्न निर्देशन दिएको छ । जिल्ला कार्यसमितिहरुले क्रियाशील सदस्यतासम्बन्धी काम नगरेको गुनासो केन्द्रमा आएपछि महामन्त्री गगन थापाले जिल्ला कार्यसमितिहरूलाई यस्तो निर्देशन दिएका हुन् । ‘अधिकांश जिल्लाहरूमा क्रियाशील सदस्यता कार्ड वितरण नभएको, विधानबमोजिम सदस्यता नवीकरण र नयाँ वितरण गर्ने कार्य समेत सुचारु नभएको भन्ने जानकारी प्राप्त…