पालिकाले किसानलाई कृषि सामग्री वितरण गर्यो

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकाले सुन्तलाखेती गर्ने उत्कृष्ट कृषि समूह र सहकारीमा आबद्ध किसानलाई बुधबार कृषि सामग्री वितरण गरेको हो । गाउँपालिकाले ६० वटा क्रेट, कृषिजन्य, तरकारी तौल गर्ने छवटा डिजिटल मेसिन, एक हजार किलो कृषि चुन, एक सय किलो शुष्म पोषण तत्व, सुन्तला टिप्न प्रयोग गरिने…