राखुगाउँका किसानले सुन्तला बेचेर कमाए डेढ करोड

म्याग्दी । बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन्।यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन भने घटेको बताइएको छ। राखुगाउँका एउटै किसानले पाँच लाखदेखि नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन्।राखुकी मनकुमारी पुनले यस वर्ष सुन्तला बेचेर ९ लाख रूपैयाँ आम्दानी भएको बताइन्। उनले विगत…