६ किसानलाई नगदसहित ‘राष्ट्रपति उत्कृष्ट कृषक’ पुरस्कार

त्रिशूली । नुवाकोट र रसुवा जिल्लाका उत्कृष्ट छ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ। दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नुवाकोटले दुई जिल्लाबाट उत्कृष्ट कृषकको रूपमा छनोट भएका तीन-तीन किसानलाई बुधबार नगद रु २० हजारसहित दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेको हो। उत्कृष्ट हुने किसानमा नुवाकोटबाट विदुर-५ पिपलटारका भैंसीपालक किसान तिलकुमारी…