भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङ रमुवाका बासिन्दा

ढोरपाटन । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ। गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा व्यस्त छन्। आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन्। भौगोलिक विकटताका कारण आलु बजारसम्म पुर्‍याउन पनि समस्या छ। उत्पादन भएको आलुलाई बजारीकरण गर्न…