एकदिनमा १० वटा डोका बुन्छन् ७० वर्षीय तामाङ, महिनामै कमाउछन् ३५ हजार

भोजपुर । भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उनको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताए। एकदिनमा ८ देखि १० ओटासम्म डोका तयार गर्ने उनको भनाइ छ…