‘होटेलमा खाँदा टिप्स दिन्छन् रे, हामी ताजा तरकारी बेच्नेसँग १० रुपैयाँमा चित्त नबुझे फालेर हिँड्छन्’

चितवन । रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत ज‌ंगली तरकारी बिक्री गर्दै आएकी उनी ३ वर्षदेखि यही पेसा गर्दै आएकी छन् । विकसँगै अन्य आठ–दश जना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका…