नाडा अटो शोको आज अन्तिम दिन, शनिवार एकैदिन १६ हजार बढीले गरे अवलोकन

काठमाडौं । ‘नाडा अटो शो २०२३’ आज समापन हुँदैछ । गत मंगलवारदेखि राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको उक्त शो आइतबार सम्म चल्ने छ। शो मा पहिलो दिनदेखि नै अवलोकनकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको उक्त शोमा छैटौँ दिनको बिहानीसम्ममा ६६ हजार ४ सय जना भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको छ…